घटेन कोरोना संक्रमितको संख्या, आज थप २६७६ जना संक्रमित
असार ३१, २०७८, बिहीबार | विहान ११:५० बजे | 20
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७ सय ६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण गर्दा एक हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।
हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ९ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन्।
आज देशभर एक हजार ७५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।