एन्टीजेन परीक्षणमा ढिलाई ः बृद्धबृद्धालाई सास्ती
असार ३१, २०७८, बिहीबार | विहान १०:५२ बजे | 25
भक्तपुर । भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्यमा दैनिक एक वजे कोरोनाको एन्टीजेन परीक्षण गर्ने समय निर्धारण गरिएको छ । तर यो काम दैनिक समयमा नहुने पीडितहरुले बताएका छन् । परीक्षणको काम समयमा नहुँंदा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । यसले विशेष गरी बृद्धबृद्धाहरुलाई समस्या पर्दै आएको छ । बिहीबार पनि निर्धारित समय भन्न्दा आधा घण्टा ढिला गरी मात्रै काम सुरु हुनसक्यो ।