वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था गर्न आग्रह


असार ३१, २०७८, बिहीबार | विहान १०:५१ बजे | 20


वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था गर्न आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार चीनको भेरोसेलको खोपलाई धेरैजसो श्रम गन्तब्य मुलुकले मान्यता दिएका छैनन् । तर, खोपको मात्रा पुरा गरेर नजाने श्रमिकलाई १ लाखसम्म तिरेर क्वारिन्टिन बस्न बाध्य पारिरहेका छन्। जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाए हुने अवस्था रहेकाले पनि विदेश जानेलाई सोही खोप दिने व्यवस्था गर्न आग्रह गरिएको मन्त्रालयका एक अधिकारीले बताए।


कोरोनाविरुद्धको खोप नलगाई साउदी अरब, कतार लगायतका खाडी र अन्य श्रम गन्तब्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धित मुलुक पुगे पश्चात अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ।

यस्तै कोरोना परीक्षण गर्दा पीसीआर रिर्पोट नेगेटिभ आएमा पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्रावधान रहेकाले क्वारेन्टिन बस्दा एक लाख रुपैयाँसम्म कामदार तिर्न बाध्य भएको सामाजिक सुरक्षा मन्त्रालयद्धारा कोभिड — १९ संकट व्यवस्थापन केन्द्रलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।
सरकारले यसअघि विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो।

Comments