आज ५५ वर्षमाथिका भक्तपुरबासीलाई कोरोनाको खोप
असार ३०, २०७८, बुधबार | विहान ०१:०८ बजे | 50
भक्तपुर । आजबाट भक्तपुरका चार वटै नगरपालिकाहरुले ५५ वर्षमाथिका सम्पूर्ण नगरबासीहरुलाई पहिलो मात्राको कोरोनाविरुद्धको खोप लगाइँंदै छ । भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण चार वटै नगरपालिकाले त्यसका लागि खोप केन्द्रहरु सार्वजनिक गरेको छ ।
यस्तै ललितपुर महानगरपालिकाले ५५ वर्षमाथि महानगरवासीलाई साउन २ र ३ गते भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ । महानगरपालिकाका अनुसार महानगरका प्रत्येक वडामा रहेका खोपकेन्द्रबाट खोप कार्यक्रम सञ्चालन गरिनेछ । नेपाल सरकारले २०७८ असार २९ गतेदेखि कोभिड विरुद्धको भेरोसिल लगाउने भने पनि महानगरको नगरसभा संचालन भइरहेकाले असारमा खोप कार्यक्रम संचालन गर्न कठिनाई भएको जनाएको छ ।