स्वास्थ्य सामाग्री हस्तान्तरण
असार २९, २०७८, मङ्गलबार | विहान ०८:२० बजे | 25
अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघ संयुक्त आयोजनामा चीनबाट प्राप्त स्वास्थ्य सामाग्री महालक्ष्मी नगरपालिका र लुभु प्राथमिक स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी रोकथाम गर्न चीनका विभिन्न कम्पनीबाट बीस हजार पिस मास्क, ग्लोब्स, पीपीई, कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिनसहितका सामाग्री उपलब्ध गराएको थियो । महालक्ष्मी वाणिज्य संघका अध्यक्ष सञ्जय नारायण श्रेष्ठ र अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले महामारी नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको र यसलाई निरन्तरता दिने बताएका छन् । महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठले समाजको भलोका लागि बिभिन्न संघसंस्थासंग एमओयू गरेर काम गर्न इच्छुक रहेको बताए । साथै अरनिको समाज र स्थापनाकालको छोटो समयमा पनि महालक्ष्मी उद्योग वाणिज्य संघले गरेको बिबिध कार्यकलापले आफू प्रभावित भएको र उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । ललितपुर उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष एवं अरनिको सांस्कृतिक तथा ब्यावसायिक प्रवर्द्धन समाजका अध्यक्ष अजरमान जोशीले प्राप्त सामाग्रीको उचीत सदूपयोग हुनुपर्नेमा जोड दिए । साथै उहाँले आगामी दिनमा पनि समाज, नगरपालिका र संघ बिच यस्तै प्रकारको सहकार्य गर्दै अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।