आज नेपाल आउदैः कोरोना भाइरसविरुद्ध एक डोज मात्र लगाए पुग्ने खोप
असार २८, २०७८, सोमबार | विहान ०४:४७ बजे | 5
काठमाडौं । कतार एयरको विमानाबाट बिहान नौ बजे १५ लाख ३४ हजार ८ सय ५० डोज खोप नेपाल आउन भएको छ।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि उडेको थियो।
यो खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई कोभ्याक्स मार्फत खोप सहयोग गरेको हो।
यो नेपालमा प्रयोग हुने कोरोना विरुद्धको तेस्रो खोप हो। यसअघि नेपालमा अक्सफोड अस्ट्राजेनकाले विकास गरेको भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनाफार्मको भेरोसेल खोप प्रयोग भइरहेको छ। यी दुबै खोप दुई मात्रा लगाउनुपर्छ।