आज देशभर थप १ हजार ८ सय ३१ जना कोरोना संक्रमित
असार २७, २०७८, आइतबार | विहान ११:१५ बजे | 30
काठमाडौं । पछिल्लो २४ घण्टामा कुल ९ हजार २ सय १८ जनाको पीसिआर परीक्षण गरिएको छ। जसमा आइतबार देशभर १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ५ हजार ५ सय ३५ नमुना परीक्षण गर्दा १ हजार २ सय ३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६ सय ८३ जनाको परीक्षण गर्दा ५ सय ९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ। तसर्थ कोरोनाको जोखिम रहेको जनाउँदै मन्त्रालयले स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।