अपाङ्ग र उमेर पुगेका मानिसहरुलाई अपाएक स्वास्थ्य चौकी
असार २२, २०७८, मङ्गलबार | विहान ०२:५४ बजे | 20
भक्तपुर । “अलि सन्चो छैन औषधी लिन जानु पर्ने तर तल सम्म जानै गाह्रो “ यो कुरा हो छालिङ्गको स्वास्थ्य चौकी ।
एक जना स्थानीय बा अलि सन्चो नभएकोले स्वास्थ्य चौकी जान भनि घर बाट निस्कन्छ तर जब स्वास्थ्य चौकी नजिक पुगेपछि रोकिन्छ । अलि लामो स्वास लिएर तलतिर हेर्छ । मनमा तलतीर जानै मन लाग्दैन र बा पुर्न घर तर्फ लाग्छ ।
यो छालिङ्गमा अवस्थित रहेको स्वास्थ्य चौकी हो । अहिले नयाँ भवन पाएपछि वडा कार्यलयबाट तल सरेको हो । यो स्वास्थ्य भवन भने अपाङ्गमैत्रिक नभएको र विरामी सहजै पुग्न पनि असहज रहेको स्थानीयहरूको गुनासो रहेको छ ।
यो मुख्य बाटोबाट करिब द्धछ खुट्कीलो तल झरेपछि मात्र स्वास्थ्य चौकि पुग्न सकिन्छ । यो विरामीहरूको लागी पायक परेको स्थान भने होइन ।
भुकम्पले पुरानो स्वास्थ्य चौकी जीर्न भएको र ठाउँ अभाव भएकोले पनि अर्को ठाउँमा सर्न परेको हो ।
नयाँ भवनमा सुविधा सम्पन्न
नयाँ भवन भने पहिले भन्दा सुविधा सम्पन्न छ । तल्काले स्वास्थ्य उपचार गर्नु परेमा तयारी अवस्थामा स्वास्थ्य सामाग्रीहरूको व्यवस्था गरेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख कृष्ण मिजारले जानकारी गराएको छ ।
अब प्राथमिक उपचार तल्कालै रुपमा सहजै सेवा पाउने भएको छ ।
स्थानीयहरूलाई कति कुरा थाहै छैन
स्थानीयहरूलाई स्वास्थ्य सेवा बारे कति कुरा जानकारी नै छैन । जनस्वास्थ्यवाट प्रदान गरिने स्वास्थ्य सेवाहरू जनता समक्षे कति कुरा त थाहै छैन । यसमा स्वास्थ्य सेवकहरू जनता समक्ष नजिक नरहेको आभास गराएको छ भने जनप्रतिनिधि पनि यस विषयमा पछुत्टो छैन । त्यस्तै स्थानीय राजनितिक दल पनि त्यतिकै जिम्मेवार रहेको देखिन्छ ।
नयाँ भवन वनाउनकै लागि नवनाऔ
वडा कार्यालय र स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । केहि समय नयाँ भबन अन्तै सार्ने भनिएतापनि अन्तत वडा स्वास्थ्य चौकी भवन संगै बन्ने भएको छ ।
अब बन्ने नयाँ भबन अस्पतालको डिज्यान जस्तो गरि वनाउने सके भोलि हामी अस्पताल समेत वनाउन सक्ने लक्ष्यमा पुग्न सकिन्छ । नगरपालिकाले समेत नयाँ अस्पताल नयाँ ठाउँमा खोजि गरिरहेकोले हामीले अलिकति बलबुट्टा गर्ने सके हामीलेमात्र नभएर सबै नेपालीले छालिङ्गबाट सेवा पाउछ । यस विषयमा विशेष त जनप्रतिनिधि नै सोच्नु पर्ने देखिन्छ ।