भक्तपुर उद्योग वाणिज्य संघद्वारा रक्तदान कार्यक्रम
असार १९, २०७८, शनिबार | दिउँसो १२:२१ बजे | 0
भक्तपुर । कोभिड १९ महामारीको अवस्थामा अत्यावश्यक रगत अभाबलाई पूर्ति गर्ने उद्देश्यले भक्तपुर उद्योग वाणिज्य संघले स्थानीय संघ संस्थाहरु संग मिलेर एकै दिन दुई स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका रोडमा रहेको स्थानीय लुँझ्या बचत तथा ऋण सहकारी संस्थासितको सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा २४ जना दाताहरुले रक्तदान गरेका थिए । सहकारी संस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ तथा लुँझ्या बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष श्री शिव प्रसाद मानन्धर तथा सहकारी संस्थाका अध्यक्ष श्री गणेशहरी प्रजापतिले रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजन भक्तपुर उद्योग वाणिज्य संघ स्वास्थ्य तथा वातावरण समितिका संयोजक तथा कार्य समिति सदस्य श्री जगन्नाथ श्रेष्ठले गर्नु भएको थियो ।
त्यस्तै छालिङ्ग स्थित भाजु भैरब मन्दिरको प्राङ्गणमा संघ, लायन्स क्लब अफ भक्तपुर नमस्ते तथा त्यहाँको स्थानीय क्लब भाजु भैरब युवा समूह मिलेर रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय २५ दाताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रमको संयोजन भक्तपुर उद्योग वाणिज्य संघ सामाजिक सेवा समितिका संयोजक तथा कार्य समिति सदस्य श्री रुकेश रञ्जितले गर्नु भएको थियो ।
दुवै रक्तदान कार्यक्रमहरुमा ब्लड डोनर्स एशोसियसनले प्राविधिक सहयोग गरेको थियो ।