के गर्ने ? समाजसंग टाढा बसेर


असार १९, २०७८, शनिबार | विहान ०८:५० बजे | 5


के गर्ने ? समाजसंग टाढा बसेर

रामकृष्ण प्रजापति

के गर्ने ? समाजसंग टाढा बसेर
एकान्तमा एक्लै रोएर बसें ।

के भन्नु समाजसंग टाढा बसेको पिडा
अक्सर किताबको पानामा माक्र्ससंग समाजवाद मागि रहें ।

दुनियाँले सोध्यो कोभिडको दुखमा तिमीलाई नै सम्झेर
चुपचाप व्यवस्थाको शोषण सहेर जनता मरें ।

यो व्यवस्था पनि के व्यवस्था विवषता र लाचार जनता
रातो किताबमा खाली माओ सम्झेर समाजवाद मागि रहें ।

मानौ संघर्षको मौसम गा¥हो हुन्छ तर यसमा आफ्नै मज्जा
कस्तो आत्मियता संघर्षको सुख दुखमा निरन्तर अगाडि बढ्ने ।

नसोध्नु के गर्दे छ भनेर
कोभिड युद्धमा समाजवादले जित हासिल गरेको

चिनिया कम्युनिष्ट पार्टीको शतवार्षिकी हेरेर
संघर्षबाट समाजवादको सपना देखिरहें ।

Comments