“कोभिड – १९ मा आखाको सुरक्षा विषयक सचेतना कार्यक्रम आयोजना


असार २, २०७८, बुधबार | विहान ०५:३३ बजे | 50


“कोभिड – १९ मा आखाको सुरक्षा विषयक सचेतना कार्यक्रम आयोजना

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा सञ्चालन भईरहेको कोभिड १९ विरुद्धको अभियान “सेवा परमो धर्म” अन्तर्गत आज “कोभिड–१९ मा आ“खाको सुरक्षा” विषयमा सचेतना कार्यक्रमको आयोजना भयो ।
जुम प्रविधि मार्फत सञ्चालन भएको उक्त कार्यक्रममा धुलिखेल अस्पतालकी आ“खा रोग विशेषज्ञ  डा. श्री तिना श्रेष्ठले कोभिड १९ बाट आ“खामा देखिने लक्षणहरु लगायत आ“खाको सुरक्षाका उपायहरु विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । तीनसय भन्दा बढि सहभागी रहेको उक्त सचेतना कार्यक्रममा सहभागीहरुको जिज्ञासाहरु माथि छलफल समेत भएको थियो ।
कार्यक्रममा स्वागत सम्बोधन राख्नु हुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे मानन्धरले कोभिड १९ को महामारीबाट बढि भन्दा बढि व्यक्तिहरुलाई बचाउन सहयोग पु¥याउने उद्देश्य अनुरुप जिल्लाका विभिन्न संघसंस्थाहरुको सहयोगमा कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनु भयो ।
यसै गरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य एवं सेवा परमो धर्म अभियानका मुख्य संयोजक श्री रोशन भोयद्योले अभियान अन्तर्गत सञ्चालन भईरहेका विविध विषयहरुका बारेमा जानकारी गराउनु भयो ।
जुम कार्यक्रमको सञ्चालन भक्तपुर चेम्बर अफ कमर्सका सचिव श्री सुरेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।
भक्तपुरमा सञ्चालन भईरहेको सेवा परमो धर्म अभियान अन्तर्गत आईसोलेसनमा बस्नेहरुका लागि दैनिक रुपमा निशुल्क खाना खाजाको व्यवस्था, स्वास्थ्यकर्मीहरुका लागि निशुल्क क्वारेण्टाइनको व्यवस्था, अक्सिजन सहजिकरण, विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परामर्श सेवा, जुम प्रविधिबाट स्वास्थ्य सुरक्षाका विषयमा सचेतना, २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालन लगायत दैनिकरुपमा सचेतनाका लागि माइकिंग गर्ने कार्य भईरहेको छ । यसैगरी अभियान अन्तर्गतनै आगामी असार ४ गतेदेखि सप्ताहव्यापीरुपमा रक्तदान कार्यक्रम समेत हुन गईरहेको छ ।

Comments