भक्तपुरका संक्रमित भक्तपुर नगरपालिका–५ भेलुखेलका
जेठ ७, २०७७, बुधबार | विहान ०२:१३ बजे | 55
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो ।