बक्सिङ संघले दियो २० हजार


जेठ २८, २०७८, शुक्रबार | विहान ०४:५१ बजे | 25


बक्सिङ संघले दियो २० हजार

भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघले भक्तपुर नगरपालिकाले अक्सिजन प्लन्ट लगायत ख्वप अस्पतालको लागि आर्थिक सहयोग रु.२०,०००।– (बीस हजार रुपैयाँ) आर्थिक सहयोग बिहिबार उपप्रमुख रजनी जोशी मार्फत हस्तातरण गरेको छ । बक्सिङ संघका साथीहरुले विभिन्न संघ संस्थामा अवद्ध भई धेरै साथीहरुले व्यक्तिगत र संघसंस्थाबाट सहयोग गरि सकेकोले खेल प्रेमी र खेलाडीहरुको प्रतिनिधित्व हुने गरी अध्यक्षले सहयोग रकम राखेको थियो ।
भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम कृष्ण प्रजापतिले भक्तपुर बासी लगायत कोहीं पनि नेपाली नागरिकले स्वास्थ्य उपचार बिना मृत्युवरण गर्न नपरोस् भनि खेल प्रेमी र खेलाडीहरुलाई उत्साहित गर्न सानो रकम सहयोग गरेको बताउनुभयो । उहाँले कोभिड १९ महामारी संक्रमण फैलिरहेको समयमा संक्रमितहरु अस्पतालमा वेड नपाएर र अक्सिजन नपाएर मृत्युवरण गर्नु पर्ने अवस्थाबाट जोगाउन सहयोग गरेको बताउनु भयो । उहाँले थोपा थोपा मिलि समुद्र बन्छ । त्यसैले सहयोगी हातहरु, मनकारी मनहरुले पिडितहरुको सेवा हुनेमा दुईमत नभएको बताउनु भयो । उहाँले आर्थिक अवाभले उपचारबाट बञ्चित हुन नपरोस् भनि गरिब र शोषित पिडित जनताको सेवा गर्न सकोस् भनि सहयोगी हातहरु बढी रहेको बताउँदै सम्पूर्ण संघ संस्था, खेलाडी, खेलप्रेमीहरुमा पनि आफूले सक्दो सहयोग गर्न समेत अनुरोध गर्नुभयो । उहाँले सम्पूर्ण नगरबासी र खेलाडीहरुको सु–स्वास्थ्यको कामना गर्दै सदैव देश र जनताको सेवामा समर्पित हुन सकोस भनि शुभकामना समेत दिनुभयो ।

Comments