पुरानो जगाती पुलको उद्घाटन शनिबार
असार २५, २०८३, बिहीबार | राति ०८:५७ बजे | 120
भक्तपुर, असार २५ – भक्तपुर नगरपालिका–८ स्थित पुनःनिर्माण सम्पन्न पुरानो जगाती पुलको उद्घाटन शनिबार विशेष समारोहका बीच गरिने भएको छ।
भक्तपुर नगरपालिका वडा नं. ८ कार्यालयले सार्वजनिक गरेको निमन्त्रणाअनुसार असार २७ गते शनिबार बिहान ७ः३० बजे आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा पुनर्निर्माण सम्पन्न पुलको औपचारिक उद्घाटन गरिनेछ।
वडा कार्यालयले वडा नं. ८ का स्थानीय बासिन्दा, सरोकारवाला, विभिन्न संघ–संस्था तथा नागरिकलाई कार्यक्रममा उपस्थित भई ऐतिहासिक महत्व बोकेको पुलको उद्घाटन समारोहलाई सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रम पुरानो जगाती, भक्तपुर नगरपालिका–८ मा आयोजना हुने जनाइएको छ। निमन्त्रणापत्रमा वडा अध्यक्ष कृष्णप्रसाद कोजुले सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।
