भक्तपुर इन्डोरो राइडर ग्रुपद्धारा सहयोग
जेठ २७, २०७८, बिहीबार | विहान १०:२७ बजे | 45
भक्तपुर । भक्तपुर इन्डोरो राइडर ग्रुपले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि बिहीबार ५६ हजार २५ रुपैयाँं सहयोग गरेको छ । भक्तपुर नगरपालिका वडा नं २ दरवारस्वायरस्थित भक्तपुर इन्डोरो राइडर ग्रुपले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई उक्त रकम एक कार्यक्रमवीच हस्तान्तरण गरेको हो ।
[[img2]]
नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा आइसोलेसन केन्द्र र एचडीयू सञ्चालनका लागि अक्सिजन प्लान्ट तथा आवश्यक स्वास्थ्य सामाग्री उपकरणको व्यवस्था गर्न नगरपालिकाबाट सञ्चालित प्रकोप व्यवस्थापन कोषमा राख्न उक्त रकम हस्तान्तरण गरिएको हो । समूहकातर्फबाट सदस्यहरु साजन लघु, कृतन अवाल र विजु श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
[[img3]]
भक्तपुर इन्डोरो राइडर ग्रुप भक्तपुरका अफ रोड राइडरहरुको समूह हो । ग्रुपले समयसमयमा साहसिक मोटरसाइकल राइडिङ्गको आयोजना गरी नेपालको गाउँ ठाउँको पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।फाेटाेमा हेर्नुहाेस्...