अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने टोलिमा नेपाली चेली श्रेष्ठ


जेठ २७, २०७८, बिहीबार | विहान ०३:१४ बजे | 50


अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने टोलिमा  नेपाली चेली श्रेष्ठ

नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने टोलिमा चुनीएकि छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्ष् मा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( ब्लमचभ प्गष्उभचक )अध्ययन गरेको नेदर्ल्यान्द्सको टि यु देल्फ्त बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग ब्भचयकउबअभ भ्लनष्लभभचष्लन अन्तर्गत अन्तरिक्ष्य ( क्उबअभ भ्हयिचबतष्यल) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व बिद्यालय कै एक उत्कृष्ट बिद्दार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन्।

अन्तरिक्ष्य यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्ष्यमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुल कि नागरिक बन्ने छिन्। न्युज अफ नेपाल।

Comments