संक्रमितका लागि स्वास्थ्य सामग्री तथा पौष्टिक खानेकुरा वितरण
जेठ २५, २०७८, मङ्गलबार | दिउँसो ०२:०८ बजे | 40
काठमाडौं ः रामेछापको सुनापति गाउँपालिका भित्र रहेका कोरोना संक्रमितका लागि स्वास्थ्य सामग्री तथा पौष्टिक खानेकुरा वितरण गरिएको छ।
सक्षम स्मृति प्रतिष्ठाका अध्यक्ष एवं नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रवीणकुमार बलले झण्डै साढे २ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।
गाउँपालिका उपाध्यक्ष गीता विष्टको रोहबरमा सामग्री हस्तान्तरण गरिएको स्थानीय अर्थमान तामाङले जानकारी दिए। गाउँपालिका १ र ३ नम्बर वडाका २५÷२५ गरी ५० जनाको एन्टिजेन विधिबाट निःशुल्क कोरोना परीक्षण पनि गरिएको छ।
सामाजिक अभियन्ता तामाङले कोरोनाका गम्भीर संक्रमितलाई थप उपचारका लागि काठमाडौं लैजानुपरे आफूले जनही १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले निषेधाज्ञा जारी रहँदा गाउँपालिकाका नागरिकलाई काठमाडौंमा वा गाउँमै पनि छाक टार्न समस्या भएमा आफूलाई ९८५१००६०८७ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।