साल ट्रेडिङको २० प्रतिशत छुट केमा खाद्यान्नमा हो की कोभिड १९मा हो ?


जेठ २५, २०७८, मङ्गलबार | विहान ११:३१ बजे | 60


साल ट्रेडिङको २० प्रतिशत छुट केमा खाद्यान्नमा हो की कोभिड १९मा हो ?

साल ट्रेडिङले कर्पाेशन लिमिटेडले बजार भाउ भन्दा २० प्रतिशत कम मुल्यमा खाद्यान्न बिक्री गर्ने घोषण गरेसँगै बितरण शाखाहरुमा ग्रहाकको भिड लाग्ने गरेको छ । कर्पोशनले बजार भाउ भन्दा सस्तोमा दिने भए पछि जेठ २३ गते आईतवार देखि सितैमा पाउने जस्तै गरि ग्रहाकहरु सुर्यविनायक बितरण शाखामा बिहान ६ बजे देखि लाईन बस्न आउनेको भिड लागेको छ ।
कोभिड १९को महामारी भई रहेको बेला सामाजिक दुरिको मतलबै नगरि लाईन बसिरहेको हुन्छन् । सुगम बस्ती टोलमा रहेका शाखामा टोलका मान्छेहरु किनमेलको समयमा बाटोमा हिडदुल गर्नै डर लागेको स्थानियहरुले बताए । स्थानीयले प्रहरीलाई फोन गरेर गुनासो गरेता पनि प्रहरीले बेवास्ता गरेको आरोप लगाए ।
कति सम्झाउनु कति भनु सामाजिक दुरि कायम गरेर लाईन बस्नु भनेर मान्दैमान्दैन साल ट्रडिङका कर्मचारिले बताए । लाईन बसेकालाई सामान दिनु की लाईनमा हेरेर बसम बरु आफु सुरक्षित भएर कसरी बस्ने भनेर मात्र सोचेर काम गर्न बाध्य छौं कर्मचारीहरु बताउँन्छन् ।
सरकारी संस्थाले बितरण गर्ने पसलहरुमा प्रसाशनले पनि बेवास्ता गरेको देखियो । बिहान ७ बजे देखि ९ बजे सम्म खाद्यन्न तथा तरकारी किनमेलको लागि सरकारले टोकेको समयमा सुर्यविनायक चोक देखि गणेश मन्दिर जाने बाटोमाा मेला लागे जस्तै गरि मान्छेहरुको भिड देखिन्छ । सामाजिक दुरिको के कुरा कतिले त मास्क नलाईकनै खुलम खुला हिडिरहेको देखिन्छ । प्रहरी विट सँगै भएर पनि एक जना प्रहरी बजार निरिक्षण गरिरहेको देखिन्दैन । बिहान किनमेल गर्ने समयमा केहि भन नमिल्ने भन्दै प्रहरीको घुम्टि भ्यान आएर स्वास्थ्य मापदण्ड अपनाउन सम्झाउने गरेको जगाती प्रहरी वृतले बताए पनि खासै प्रभाव परेको देखिन्दैन ।  साल ट्रेडिङको २०प्रतिशत छुट कोभिड १९को संक्रमण गर्ने थलो नबनोस् । संबन्धित निकायको चाडै ध्यान जाओस् ।
साल ट्रेडिङलले २०७८ जेठ २० गते गरेको घोषण अनुसार एक ब्यक्तिलाई पीठो २केजी प्रति केजीको रु४४÷–, चीनी २केजी प्रति केजि ६३÷२०, नुन २केजी प्रति केजी १६÷–, भटमासको तेल १लिटर १८८÷– मा बिक्रि बितरण गरिरहेको छ । <!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments