शुभकामना साकोसद्धारा रक्तदान कार्यक्रम सम्पन्न
जेठ २४, २०७८, सोमबार | विहान ०८:०७ बजे | 35
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुरको २१ औं स्थापना दिवसको अवसरमा आपतकालिन रक्तदान कार्यक्रम स्थानीय नासमना भक्तपुरमा सम्पन्न भयो । नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम सम्पन्न भएको जनाइएको छ । कार्यक्रममा पुरुष १८ जना र महिला ६ जना गरी कुल २४ जना रक्तदाता महानुभावहरुले रक्तदान गर्नुभएको छ । कार्यक्रमलाई प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटी भक्तपुरले र सहजीकरण व्लड डोनर्स एशोसियशन भक्तपुरले गर्नुभएको थियो । कोभिड १९ को संक्रमणले आक्रान्त पारेको बर्तमान बिषम परिस्थितीमा बिभिन्न किसिमका बिरामीहरुको उपचारमा अति आवश्यक रगतको पूर्ति गर्नका लागी कार्यक्रम गरेको संस्थाले जनाएको छ ।