वरिष्ठ पत्रकार भैरव रिसाल दम्पती कोरोनाबाट मुक्त
जेठ २४, २०७८, सोमबार | विहान ०७:११ बजे | 30
भक्तपुर । वरिष्ठ पत्रकार एवं समाजसेवी भैरव रिसाल र उहाँकी धर्मपत्नी सुशीला रिसालले कोरोनामाथि जीत हासिल गर्नु भएको छ। कोरोनाको दुबै दोज खोप लगाईसकेका रिसाल दम्पतीमा केहिदिन अघि कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो। सात दिनको अस्पताल बसाईपछि उहाँहरु डिस्चार्ज हुनुभएको हो।
डाक्टरको सल्लाहअनुसार भैरव रिसाल अरू थप चार दिन आइसोलेसनमा बस्नुहुनेछ । उहाँको अवस्था सामान्य भए पनि छातीमा भएको निमोनियाको असर थोरै बाँकी रहेकोले केही दिन औषधि खानुपर्ने र स्वासप्रस्वाससँग सम्बन्धित समस्या भएकाले अबको हप्ता, दस दिन घरमै आराम गरि बस्नुहुने बताईएको छ।
वरिष्ठ पत्रकार भैरव रिसाल र उहाँकी धर्मपत्नी सुशीला रिसालज्यूको शीघ्र स्वास्थ्य लाभको हामी पनि कामना गर्दछौं।