राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
जेठ २३, २०७८, आइतबार | विहान १०:२५ बजे | 40
काठमाडौं । प्रेस विज्ञप्ति नेपाल हस्तकला महासंघबाट राष्टि कय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघबाट विगत लामो समय देखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्टिकय आविस्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित विरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यबाट उक्त केन्द्रलाई रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराईएको छ । उल्लेखित सहयोग रासि सो केन्द्रको नाममा ग्लोबल आई. एम. ई. बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको सहयोगले कोभिड १९ को न्यूनिकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्न जाने महासंघले विश्वास लिएको छ ।