कता बेपता भइन् यी ३९ वर्षीया महिला ?


जेठ २२, २०७८, शनिबार | विहान ०४:५१ बजे | 105


कता बेपता भइन् यी ३९ वर्षीया महिला ?

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका ताथलीकी एक महिला हराएकी छन्। चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोलका का ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी बुधबार विहानदेखि हराएकी हुन्। उनको अहिलेसम्म अतोपतो लागेको छैन ।
बिहीबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केकी उनी खाना खाएपछि बाहिर गएकी थिइन् । उनले आफूले बोक्ने मोबाइलसमेत घरमै छोडेर गएकी छन्। एक छोरा एक छोरीकी आमा न्हेम्हाफुकी एकाएक बेपत्ता भएसँगै ताथलीको सौडोलमा सन्नाटा छाएको छ।
स्थानीयहरुले विभिन्न ठाउँमा खोजपड्ताल गरिरहे पनि अहिलेसम्म उनी भेटिएकी छैनन्। हराएकी सुनमायाको विषयमा प्रहरीमा जानकारी दिइसकेको भए पनि नभेटिएको परिवारले जनाएको छ।
हरियो चप्पल, हरियो रङको सुरुवाल, बुट्टेदार चोलो कुर्ता र रातो सल लगाएकी उनी छातासहित बेपत्ता भएको उनका श्रीमान सुन्दर न्हेम्हाफुकीले बताए। उनको घरमा पनि कुनै किसिमको झगडा नपरेको बताइएको छ । साथै उनको मानसिक अवस्था पनि ठीक छ ।

Comments