कोरोना परामर्श चाहियो ? यी नम्वरहरुमा फोन गर्नुहोस्


जेठ १३, २०७८, बिहीबार | दिउँसो १२:०० बजे | 0


तामाङ चिकित्सक समाज नेपालले कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागी स्वास्थ्य परामर्श अभियान सञ्चालन थालेको छ । कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका बिरामीलाई आवश्यक पर्ने स्वास्थ्य परामर्श निःशुल्क प्रदान गर्ने उद्धेश्यका साथ अभियान सुरु भएको हो ।
स्वास्थ्य परामर्श लिन चाहने कोरोना संक्रमितले फोन गरि आफ्नो स्वास्थ्य समस्या राखे चिकित्सकले परामर्श प्रदान गर्ने तामाङ चिकित्सक समाज नेपालका अध्यक्ष डाक्टर दिलबहादुर थोकरले जानकारी दिनुभयो । यसका लागी समाजले बार र समय अनुसार उपलब्ध हुने चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।
कोरोना संक्रमितले प्रत्येक दिन चरिकोट अस्पतालका डाक्टर सुनिल मोक्तानलाई ९८६८९०२३८९, लालिगुरास अस्पताल नाम्दुका डाक्टर दिलबहादुर थोकरलाई ९८४३५२८४३६ र डाक्टर सन्जित गोलेलाई ९८४९७९३४१९ मा फोन गर्न सक्नेछन् भने प्रत्यक दिन राति १० बजे देखी बिहान ६ बजे सम्म डाक्टर वीर बहादुर बललाई ९८१८५३७३२८ मा फोन गर्न सक्नेछन् । त्यसैगरि कोरोना संक्रमितले निम्न बार र समय अनुसार चिकित्सकलाई सम्पर्क गर्न सक्नेछन् ।
२०७७ साल माघ २१ गते विधिवत रुपमा स्थापना भएको तामाङ चिकित्सक समाज नेपालले कोरोना संक्रमितलाई स्वास्थ्य परामर्श साथै आइसोलेसन किट प्रदान गर्ने योजना बनाइरहेको छ । यसका लागी नेपाल तामाङ घेदुङ संघले १ लाख रुपैयाँ दिने घोषणा गरेको समाजका अध्यक्ष डाक्टर थोकरले जानकारी दिनुभयो ।
यस अघि तामाङ चिकित्सक समाज नेपालले रसुवामा वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने रन्जना बचाउ अभियान सञ्चालन गरि करिव ४ लाख रुपैया सहयोग हस्ताण्तरण गरेको थियो ।

Comments