अक्सिजनको अभावले भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु
बैशाख २४, २०७८, शुक्रबार | विहान ०४:५५ बजे | 0
अक्सिजनको अभावले भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा दुई जना कोभिड बिरामीको निधन भएको हो।
अक्सिजन सकिन लागेको खबर पाउने वित्तिकै र रिफरको लागि अस्पताल खोज्दा खोज्दै मृत्यु भएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए। विरामीको एकदम क्रिटिकल अवस्था रहेको जानकारी मिजारले दिए। अस्पतालले अक्सिजन जुटाउन सकिएन भन्ने खवर पाएपछि अक्सिजन सहित रिफर गरेको रहेछ, उनले भने। अक्सिजन राखेर नै रिफर गरेको विरामी वितेको उनी सुनाउँछन। अहिले भक्तपुरमा मात्र होइन सबै अस्पतालमा अक्सिजनको कमी छ, उनले भने। त्यसैले सबैजना घरमै बसेर सुरक्षित हुन उनले आग्रह गरे।
भक्तपुरमा अहिलेसम्म एक सय ४० जना कोरोना सक्रमितको निधन भइसकेका छन।
<!--[if gte mso 9]><xml>