चाँंगुमा भयावह वन्दै कोरोना, ९५ परीक्षणमा ८० पोजेटिभ


बैशाख २२, २०७८, बुधबार | दिउँसो ०१:३० बजे | 0


भक्तपुर । चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमण बृद्धिदर उच्च गतिमा भइरहेको देखिएको छ । आज मात्रै नगरपालिकाभित्र ९५ पिसिआर टेस्ट गरिएकोमा ८० जनामा कोरोना पोजेटिभ पाइएको नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिका जनस्वास्थ्य शाखाका अनुसार आज देखिएका ८० केसमा २९ महिला र ५१ पुरुष रहेका छन् । नगरमा हालसम्म ११५६ वटा पोजेटिभ केसहरु देखिएका छन् । जसमा सक्रिय संक्रमितको संख्या २५२ रहेका छन् । निको हुनेको संख्या ८९३ रहेको जनस्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।
चाँगुनारायण नगरपालिकाले नगरमा कोरोना संक्रमण भयावह हुन नदिन पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ, आइसोलेसन र उपचारलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । कोरोना पोजेटिभ पुष्टि भए लगत्तै संक्रमितलाई आइसोलेसन सेन्टर र हस्पिटल पठाउन योजनाबद्ध रुपमा काम गरीरहेको नगरको जनस्वास्थ्य शाखाले जनाएको छ ।

Comments