आइसोलेसन वार्ड पाउनुभएन ? भक्तपुर आउनुस्
बैशाख २०, २०७८, सोमबार | विहान ०८:५३ बजे | 25
देशैभरि कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि वेड अभाब भइरहेको खवर आइरहेको बेला भक्तपुरमा भने एक सय वेडको भव्य आइसोलेसन वार्ड तयार भएको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) को ठूलो कार्यक्रम हलमा सय वेडको आइसोलन वार्ड बनाइएको हो ।
आइसोलेशन वार्ड अहिले तयारी अवस्थामा रहेको छ । विरामी आइपुगे त्यहाँं वस्न मिल्ने अवस्था भइसकेको छ । आइसोलेसन वार्डका लागि त्यहाँं विहीबारदेखि काम थालेको थियो । शनिबारसम्म सम्पूर्ण तयारी पूरा भई विरामी राख्न मिल्ने बनेको हो ।
आइसोलेशन वार्डका एक सय वटा वेडहरु सवै कलेजको ठूलो कार्यक्रम हलमा रहेका छन् । प्रत्येक वेडमा ओढ्ने, ओछ्याउने, तन्ना, शिरक मिलाइसकिएको छ । साथै प्रत्येक वेडमा रहेका विरामीका लागि एउटाएउटा रुमाल, सावुन, टुटपेष्ट, मन्जन, डस्टविनलगायतका सामानहरु पनि एक सय सेट तयार पारिसकिएको छ ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले आइसोलेशन वार्ड सरकारले बनाएको जनाए । कलेजले त्यसका लागि ठाउँं मात्रै उपलव्ध गराएको प्राडा श्रेष्ठले स्पष्ट पारे । वार्डका लागि बाँंकी सवै काम स्थानीय सरकारको रुपमा रहेको चाँंगुनारायण नगरपालिका, कलेज र नेपाल सरकारले गरेको उनले जनाए । आवश्यक सामानहरु सवै सरकारले नै मिलाएको उनले स्पष्ट पारे । साथै वेड राख्नेलगायतका सम्पूर्ण बन्दोवस्त पनि सरकारले नै मिलाएको उनले जनाए ।
यो कामको सवै संयोजनको जिम्मेबारी कलेजका कर्मचारी एवं स्थानीय मनोहर खनाललाई दिएको थियो । सम्पूर्ण संयोजनको रेखदेख पनि खनाललाई नै दिएको छ । खनालका अनुसार शनिबार साँंझसम्म त्यहाँं एकजना पनि विरामी वस्न आएका छैनन् ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले प्रत्येक पालिकामा आइसोलेसन वार्ड बनाउने निर्णय अनुसार चाँगुनारायणमा एक सय वेडको आइसोलेसन तयार भएको जनाए । आवश्यक परे त्यहाँं थप वेड विस्तार गर्न सकिने उनले जनाए ।
यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं वेड विस्तार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएपछि र्सक्रमित राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही वेडको विस्तार गरी आइसोलसेन तथा सामानहरु मिलाएको हो ।
देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण वढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् । यी चारमध्ये जिल्लामा सवैभन्दा वढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकाहरुमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पीसीआर पोजेटिभ हुनेहरुको संख्या (वैशाख १७ गतेसम्म) मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा ७ जना संक्रमितहरु छन् । साथै पाँंच जना सम्पर्कविहीन छन् ।