एमाले नेता झलनाथलाई कोरोना, अस्पताल भर्ना


बैशाख १८, २०७८, शनिबार | दिउँसो ०१:५३ बजे | 20


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन् । उनलाई आज कोरोना भाइरसको कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
नेता खनालको स्वास्थ्यमा समस्या आएपछि पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । नेता खनाल अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
स्रोतका अनुसार उनको अवस्था सामान्य नै रहेको छ । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि उपचाररत छन् ।

Comments