शनिबार अहिलेसम्मकै सवैभन्दा वढी कोरोना संक्रमित


बैशाख १८, २०७८, शनिबार | दिउँसो ०१:१४ बजे | 5


नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ सय ८७ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नयाँ भेरियन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन् ।

Comments