भक्तपुर जिल्लामा कोरोना भ्याक्सिन लगाएका ३१ जनालाई कोरोना पोजेटिभ


बैशाख १४, २०७८, मङ्गलबार | विहान १०:३३ बजे | 10


भक्तपुर । भक्तपुरमा कोरोना भ्याक्सिन लगाएका ३१ जनालाई कोरोना पोजेटिभ देखिएका छन। सोमबार कोरोना संक्रमितको संख्या एक सय १८ जनामा ३१ जना कोरोना भ्याक्सिन लगाएका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी गराए।
कोभिड पोजेटिभ हुनेहरुमा खोप लगाएको एकहप्ता भित्रका व्यक्तिहरु रहेको उनले बताए। साथै उनले टेकु अस्पतालका प्रमुख कल्सल्टेन्ट सरुवारोग विशेषज्ञ कोभिड डाक्टर अनुप बास्तोलासंग बुझ्दा खोप लगाएका व्यक्तिहरुमा कोरोना असर कम भएको बताए। खोप नलगाएको विरामीहरुको तुलनामा खोप लगाएका विरामीमा असर कम भएको उनले बताएका छन, उनले भने। भक्तपुरमा यो पहिलो पल्ट यस्तो रिर्पोट आएको उनले बताए।
भक्तपुरमा जिल्लामा मंगलबारसम्म सात सय ७५ जना सक्रिय कोरोना संक्रमित रहेको उनले बताए। जसमा चार सय ३७ पुरुष र तीन सय ३८ जना महिला रहेका छन। अस्पतालमा ५१ ज्ना विरामी छन भने होम आइसोलेसनमा सात सय २४ जना छन्। कोरोनाबाट भक्तपुरमा एक सय २९ जनाको मृत्यु भइसेकेका छन।

Comments