भक्तपुरको कुन कुन अस्पतालबाट वितरण हुँदैछ कोरोना खोप
बैशाख १२, २०७८, आइतबार | विहान ०६:४७ बजे | 45
भक्तपुर । भक्तपुरमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैशाख १२ गते आजबाट निरन्तर खोप दिएको छ। आजबाट (आइतबार) १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप लगाउन सुरु गरिएको हो।
भक्तपुर जिल्लामा ४ वटा अस्पतालबाट खोप दिइएको छ। चागुनारायण, दधिकोट, नेपाल कोरियामैत्री अस्पताल, जनस्वास्थ्य सेवा केन्द्रमा खोप लगाइएको जनाएको छ।
भक्तपुर नगरभित्र भने जनस्वास्थ्य केन्द्रमा मात्र खोप दिइरहेको जनस्वास्थ्य सेवा केन्द्रका इन्र्चाज रत्नसुन्दर लासिवाले बताए। एक ठाउँमा मात्र खोप दिने भएकोले भीड भइरहेको उनी बताउँछन्। अहिलेसम्म करिव ३ सय जनाले खोप लगाइसकेको उनी बताउँछन्। खोप बिहान ८ बजेदेखि ४ बजे सम्म, १९ बर्षेदेखि ५९ बर्षसम्मले लगाउने मिल्ने उनी बताउँछन्। साथै उनले लिन बच्चालाई दुध खुवाउनुपर्ने आमा, गर्भवती महिला र छारे रोग हुनेहरुलाई यो लगाउन नहुने जानकारी दिए।
सरकारले पहिलो प्राथमिकतामा रहेका व्यक्तिहरुलाई खोप लगाईसकेपछि आम जनतालाई लगाउने निर्णय गरेको थियो। सोहीअनुरुप पहिलो प्राथमिकतामा पर्ने चिकित्सक, अस्पतालका कर्मचारी, सफाईकर्मी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार तथा जेष्ठ नागरिकहरुले पाइसकेका छन्।