सप्तरीको श्रीपुरमा सुबिधा सम्पन्न होस्पिटलको उदघाटन
बैशाख ५, २०७८, आइतबार | विहान १०:१८ बजे | 20
महेश सिंह
सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुर स्थित उतिम लाल मेमोरियल होस्पिटलको उदघाटन भएको छ।बिगत केहि बर्ष देखि अनौपचारिक रूपमा सेवा दिदै आएका अस्पतालले हिजो बिधिबत रूपमा संचालनमा ल्याएको छ ।
लहान अस्पतालमा लाम्रो समय मिडिकल सुपरिटेन्डेन्ट र लहान अस्पतालको कार्यालय प्रमुखको जिम्मेवारी समहालेका वरिष्ठ नबजात तथा बाला रोग विशेषज्ञ डाक्टर शुनिल प्रसाद कुशवाहा र चर्तित स्त्री रोग विशेषज्ञ शुशिला सिंह द्धारा उक्त अस्पताल संचालन गरेको हो ।
बिगत केहि बर्ष देखि सप्तरी जिल्लामा सेवा प्रदान गर्दै आएका उक्त अस्पतालले शनिबार एक कार्यक्रमको आयोजनारी अस्पतालको बिधिबत रूपमा उदघाटन गरेका छन् ।डाक्टर शुनिल प्रसाद कुशवाहा को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सुरुङ्ग नगरपालिका वडा नम्बर ६ का अध्यक्ष लिला कान्त चौधरी रहनु भएको थियो ।
वडा अध्यक्ष लिलाकान्त चौधरीले रिवन काटेर अस्पतालको उदघाटन गरेको थियो भने डाक्टर शुशिला सिंह ले स्वागत मन्तव्य राखेका थिए । सभा अध्यक्ष डाक्टर कुशवाहाका अनुसार एउटै साना मुनि धैरै रोगको उपचार हुने भएकोले स्थानीयलाई सामो रोगको बिरामी लिएर काठमाडौं र बिराटनगर जस्ता ठाँउमा जानु पर्दैन र यहाँ जस्तो दरमा बिरामी भर्ना राखने र उपचार गर्ने उनले बताए ।
सेवाको भवनाले उक्त अस्पतालको स्थापना गएको डाक्टर सिंह ले बताए । अस्पताल संगै रक्त दान कार्यक्रमको समेत आयोजना गरेको आयोजकले जानकारी दिनु भयो ।