आजदेखि भक्तपुरबासीलाई कोरोना खोप
बैशाख ४, २०७८, शनिबार | विहान ०३:५९ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रका ४० वर्षदेखि ५९ वर्षसम्मका नगरवासीहरुलाई आज शनिबारदेखि कोरोनाविरुद्ध खोप सुरु भएको छ । खोप बैशाख ४ र ५ गते दुई दिन हुने जनाइएको छ । कोभिड् – १९ विरुद्धको खोप सिद्धि स्मृति अस्पताल भेलुखेलमा दिने भएको जनाइएको छ । खोपका लागि नागरिकता या नागरिकताको फोटोकपी साथमा लिएर आउन अनुरोध गरिएको छ । खोप लगाइने समय विहान १० बजेदेखि दिनको ३ बजेसम्म रहेको जनाइएको छ ।