२ वडामा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु


चैत २१, २०७७, शनिबार | विहान ०३:५२ बजे | 20


भक्तपुर । भक्तपुर नपाको आयोजनामा भनपा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर शनिबार बिहान जेसिज इङ्गलिस स्कुलको प्राड्डणमा सुरु भएको छ । फैलिँदो स्तन क्यानसर र पाठेघर क्यान्सरबाट धेरै महिलाहरुबाट यसबाट पीडित बनिरहेको अवस्थामा नगरबासी महिलाहरुलाई लक्षित गरी भक्तपुर नगरपालिकाले उक्त शिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर उपचार निकै महँगो भएका कारण समयमै यो रोगको पहिचानको लागि भक्तपुर नपाले नगरका सबै वडाहरुमा निःशुल्क रुपमा परीक्षण शिविर सञ्चालन गदै आएको बताउनुभयो ।
रोगले व्यक्तिमा शारीरिक र मानसिक असर पु¥याउने हुँदा समयमै आफूसँग रोग भए÷नभएको परीक्षणहरु गरिरहनुपर्ने बताउनुहुँदै नगर प्रमुख प्रजापतिले मानिस धनी भन्दा पनि स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले जनस्वास्थ्य सेवा केन्द्रमार्फत निरन्तर जनतालाई सेवा प्रदान गर्दै आइरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाद्वारा निर्माणाधीन ख्वप अस्पतालले स्तरीय र सुविधासम्पन्न स्वास्थ्य सेवाहरु प्रदान गर्ने उद्देश्य नगरपालिकाको रहेको बताए।
    भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाबासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको बताउनुहुँदै भक्तपुर नपाले गरिब  जनतालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक ऋण तथा छात्रवृत्ति, कृषि प्राविधिक तालिम, घरदैलो नर्सिङ सेवालगायतका कार्यहरुमा जोड दिंदै आएको छ ।
कार्यक्रममा वडा सदस्य तुल्सीलक्ष्मी दुमरुले स्वस्थ रहनु भनेकै धनी हुनु हो भन्दै नियमित ब्यायाम र नियमित स्वास्थ्य जाँचका कारण महिलाहरु सम्भावित रोगहरुबाट बच्न सकिने बताउनुभयो ।
वडा नं. २ का स्थानीय राजन जतिले कोभिड महामारीको रुपमा फैलिएको समयमा राम्रोसँग उपचार नपाएका धेरै अहिले स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताउनुहुँदै वडाले सञ्चालन गर्ने गतिविधिहरुमा वडाबासीहरुको सक्रिय सहभागिता रहनु सकारात्मक रहेको बताउनुभयो ।
शिविरमा भक्तपुर क्यानसर अस्पतालका डाक्टर रोशनी छुकांले महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए—नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाईमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने बताउनुभयो ।कार्यक्रमको सञ्चालन वडा सदस्य श्यामसुन्दर मातांले गर्नुभएको थियो ।
<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments