तीन पत्रकारलाई बधाई
चैत १९, २०७७, बिहीबार | साँझ ०४:१५ बजे | 25
( गद्य कविता )
नेपालको तीन पत्रकारहरूलाई बधाई छ
पत्रकार भएर दुई दशकभन्दा वढि
जनतालाई खवर लेखेर दायित्व पूरागरे
पत्रकार हुन पनि ज्यान जोगाउन धौ धौछ र!
भक्तपुरले पायो दिगज पत्रका कृष्ण किसी
भक्तपुरको किसानको छोराले
राष्ट्को सेवा ग–र्याे
अथक रातदिन पत्रकार भएर
पत्रकारको दायित्व निभायो
त्यो पत्रकारको पेशा मर्ने र
मृथ्युलाई हत्केलोमा राखेर निभायो
पत्रकारले हरबखत मैनवत्ति
झै आफू जल्नदिएर
पाठकलाई दिशानिर्देश गरि देखायो
पत्रकार कृष्ण किसी सर हर्ताकर्ता इमान्दार
अतुत् रूपमा खटेर
पत्रकारिताको धर्म निभाउनु भयो
किसानको छोरो सच्चा पत्रकार
मेरो र भक्तपुरको बधाई कृष्ण किसी सरलाई
कृष्ण किसीले अझै बोझिलोतवर ले बल्नुछ
पुरानो पत्रकारको सम्मानलाई उपयोग गर्दै
पत्रिकाको स्तम्भकार भई वढि जिम्मेवार वन्नेछ
नयाँ पत्रकारहरूको अग्रिम मोर्चामा वसेर
मेहनत गरि देखाउनु हुनेछ
नजिकले हेर्दा खाऊ र लाऊको कुनै खोट छैन
कृष्ण किसीजीमा अझै सेवाको
ठूलो जागरण देख्छु ,
अझै जिवनको लामो समयसम्म लाग्न सकोस्
वर्तमानमा समाचार लेखेर चेतित गर्न सकोस् ,
मेरो बधाई छ , तीन भिन्न पत्रकारहरूलाई....
२०७७÷१२÷१८ गते
कुमार लघु
व्यासी ,भक्तपुर