मनाइयो एक सय ३९ औं विश्व क्षयरोग नियन्त्रण दिवस
चैत ११, २०७७, बुधबार | दिउँसो ०२:५५ बजे | 25
बाबुकाजी श्रेष्ठ
भक्तपुर– नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले १३९ औं विश्व क्षयरोग नियन्त्रण दिवस मनाएको छ ।
संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रम नेपालक्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य महेन्द्रगोपाल कर्माचार्यकोप्रमुखआतिथ्यतामा भएको थियो । उहा“ले विश्वमा नै भयाभय रुपमा फैलिएको क्षयरोग एउटाआदिकालदेखि नै रहेको र नेपालमा पनि पूर्व राजा रणबहादर शाहकी श्रीमतीदेखि पूर्व प्रधानमन्त्री चन्द्रशमशेरराणालाई समेत क्षयरोग लागेको सम्मरण गराउ“दै क्षयरोग नियन्त्रण गर्न टोखामास्यानिटोरिमको स्थापनादेखि नेपाल क्षयरोग निवारण संस्था स्थापना र क्षयरोग नियन्त्रणकागतिविधिका बारेमा चर्चा गर्नुभयो । केन्द्रिय सदस्य कर्माचार्यले सन् १८८२ मा रवर्ट कक्ले किटाणुका कारण क्षयरोग लागेको हो भनेर पत्ता लगाएदेखि मानिसमा क्षयरोगबाट बच्ने आशा पलाएको र त्यसैको सम्झनामा आजसम्म विश्व क्षयरोग नियन्त्रण दिवस मनाउ“दै आएको बताउ“दै अहिलेपनि हामी सबै मिलेर क्षयरोग नियन्त्रणमा लाग्न अनुरोधगर्नुभयो।
संस्थाका सचिव सुमन श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका सभापतितिमिलाले आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालयकावरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णवहादर मिजारले नेपालमा क्षयरोग नियन्त्रणमा अझैसमस्या र चुनौतिहरुको सामना गर्नुपर्ने र अझैपनि क्षयरोगका विरामीहरु लुकेर रहेकोतथ्याट्टले देखाएको बताउनुभयो । अधिकृत मिजारले अवका दिनहरुमा हामी सबै मिलेर क्षयरोगविरुद्धमा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका निवर्तमान सभापति राम सिख, पूर्वसभापतिहरु महेन्द्रलाल कायस्थ रबाबुकाजी श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रम शान्ति निकेतन मा.वि.भक्तपुरमा भएको थियो ।