स्थानीयद्धारा गाँंजा फडानी गरी नष्ट


असार १, २०७७, सोमबार | विहान १०:४२ बजे | 60


काठमाडौ । काठमाडौं क्षेत्र नं १ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३१ मा रहेका विभिन्न ठाउँंका गाँजाहरुलाई फडानी गरी आइतबार नष्ट गरिएको छ । नेपाल प्रहरीसँंगको सहकार्यमा स्थानीयहरुले गाँंजा फडानी गरी नष्ट गरेका हुन् । सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी आयोजनाको आयोजनामा कार्यक्रम भएको हो ।

[[img4]]
नेपाल प्रहरीका डीएसपी दक्षकुमार बस्नेत र समाजसेवी एवं नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रिय अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानको नेतृत्वमा गाजा फडानी गरी नष्ट गरिएका हुन् । कार्यक्रममा दर्जनौं स्थानीहरु सक्रिय सहभागी रहेका थिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाँंजा फडानी गरिएको समाजसेवी एवं नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रिय अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जनाए । कार्यक्रम अन्तर्गत औपचारिक कार्यक्रम पनि भएको थियो । आयोजक सामुदायिक सेवा समितिका उपाध्यक्ष लीनेन्द्रप्रसाद प्रधानको सभापतित्वमा कार्यक्रम भएको थियो । यस क्रममा परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।
[[img2]]
[[img3]]

फाेटाेमा हेर्नुहाेस्...

Comments