बायोइथिक्स (जैवनीति) बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न


साउन १, २०८३, शुक्रबार | राति ०९:२७ बजे | 90


बायोइथिक्स (जैवनीति) बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

 वि.पि.को.स्वा.वि.प्र., धरानमा यस वर्ष सन् २०२६ मा यस प्रतिष्ठानका विविध स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रमहरु एमविविएस, विडिएस, नर्सिंग, एमडि, एमएस लगायत्मा हालै भर्ना भएका विद्यार्थीहरुलाई बायोइथिक्स (जैवनीति) बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बायोइथिक्स नेपाल एकाईका हेड तथा मानसिकरोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यार्थी संकायको सदस्य निलम दाहालले सञ्चालन गरेका हुन् । नेपाल एकाईका सदस्य डा. अशोक ऐरले चिकित्सा पेशामा हानी न्यूनिकरण, लाभ, मानवमूल्य तथा न्याय जस्ता आवश्यक नीतिहरु र जैवनीतिहरुका बारेमा प्रकाश पार्नुभयो । अभिमुखिकरणको मूल सेसनमा प्रमुख प्रा.डा.धनरत्न शाक्यले मानव जीवन र विशेष गरेर स्वास्थ्य विज्ञानका मूल नितिगत प्रश्नहरुमा केन्द्रित रहेर आधारभूत जानकारी राख्तै सहभागीहरुलाई विद्यार्थीकालदेखि नै जैवनिति र सिद्धान्तबारे सुसुचित भएर तिनलाई अवलम्बन गर्दा यस क्षेत्रमा सफल हुन सकिने दृष्तान्त राख्नुभयो । स्वास्थ्य र चिकित्सकीय पेशामा शैक्षिक, सेवा र अनुसन्धान लगायतका कर्मलाई नितिगत रुपमा रुपान्तरण गर्न यस क्षेत्रका विद्यार्थीहरुलाई सघाउने हेतुले यो र यस्ता खालका अवसरहरु बायोइथिक्स नेपाल इकाई र विद्यार्थी संकायले यसको स्थापनाकाल सन् २०१४ र विश्व बायोइथिक्स दिवसको प्रचलनको शुरुवाती वर्ष २०१६ देखि हरेक वर्ष विविध कार्यक्रमका वीच सिर्जना गर्दंै आएको जानकारी प्रस्तूति पनि राख्नुभयो । उहाँले यस वर्ष सन् २०२६ मा अन्तर्राष्ट्रिय तहमै बायोइथिक्स दिवसको नारा शान्तिका लागि बायोइथिक्ुस तय भएको र यसै अवधारणामा हुँदै गरेका कविता, निवन्ध, आर्टपोष्टर, अनुसन्धान पोष्टर, सिर्जना का विविध प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागी हुन नेपालका समस्त स्वास्थ्य विज्ञानका विद्यार्थीहरुलाई आमन्त्रण पनि गर्नुभयो । नेपाल एकाईबाट यसै जुलाई अगष्टमा सञ्चालन हुँदै गरेका यी विविध विधामा छनोट भएका सर्वोत्कृष्ट सिर्जनाहरु पहिलेका वर्षहरुमा जस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । यसबाट भावी चिकित्सा तथा स्वास्थ्यकर्मिहरु नितिगत दुविधाहरु चिर्न र सहि निर्णय लिन यस विषयमा अहिलेदेखि नै अध्ययन, मनन्, चिन्तन, मन्थन, अभिव्यक्ति र सिर्जना गर्न अभिप्रेरित हुने विश्वास गरिएकोछ ।

Comments