साउने सोमबारको महिमा
साउन १, २०८३, शुक्रबार | राति ०८:३९ बजे | 45
सागर गुरागाईं
साउन महिनामा प्रकृतिमा हरियाली छाएको हुन्छ । प्रकृतिसँगै हिन्दु नारीहरु हातमा मेहेन्दीका साथै हरियो चुरा, पोते अनि हरियो साडी र हरियो, रातो र पहेलो चोलोमा सजिएर शिवजीको पूजा आराधना एवं उपासनामा जुट्ने गर्छन् । विशेषगरी साउने सोमबारदेखि तीजसम्म शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल देखिन्छ ।
हिन्दुधर्ममा साउने सोमवार भगवान शिवको आराधना गर्न उत्तम दिन मानिएको छ । हरियो चुरा, पोते, र साडीमा सजिएर विवाहित महिलाले आफ्ना पतिको सौभाग्यका लागि र अविवाहित महिलाहरुले असल पति पाउँ भनी ब्रत बस्ने र शिव मन्दिरहरुमा गएर शिवको पूजापाठ गर्ने चलन छ । शिव पूजा नगर्ने र ब्रत नलिएका युवतीहरु पनि हरियो चुरा हातभरी लगाएर हरियै पहिरनमा सजिएर रहेका हुन्छन् । यसरी साउन महिनामा नेपाली महिलाहरुले फेसनमा सजिएर प्रकृतिको हरियालीलाई अझ मनमोहक र आकर्षक बनाउँछन् । हरियो पहिरनले प्रकृतिस ँगको सामिप्यता बढाएको छ किनकी हरियो रंग आशा, समृद्धि र बुद्धिको प्रतीक पनि हो ।
हाम्रो जीवन नै रंगीन छ । रंग विना मानिसले सहजपूर्वक जीवन जिउन कठिन हुन्छ । जीवनमा रंग विना हाम्रो आशा, विश्वास र चाहना सशक्त हुँदैन । हामीमा नरमाइलो अनि निराशाले प्रभुत्व जमाउँछ । त्यसैले हाम्रो जीवनमा रंगको ठूलो महत्व छ । सार्थक जीवनका लागि अनि सुख र आशाको सञ्चार गर्नेकाम रंगले गर्दछ । रंगमा मानिसको मनमस्तिष्कलाई आकर्षित गर्ने शक्ति हुन्छ । रंगहरुमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक कुरामा प्रभावित पार्ने विशेषताहरु निहित हुन्छन् ।
रंगहरुका आआफ्नै गुण, धर्म र विशेषताहरु हुन्छन् । जस्तै रातो रंग प्रेम, उत्तेजना, विजय र क्रान्तिको प्रतिक हो भने पहेंलो रंग बुद्धिको प्रतीक हो । त्यसै गरी निलो रंग सत्य र आशाको प्रतीक हो । हरियो रंग आशा, समृद्धि र बुद्धिको प्रतीक हो । सेतो रंग सत्ता, शुद्धता अनि शान्तिको प्रतीक हो भने गुलावी रंग मायाको प्रतीक हो । त्यसैगरी कालो रंग अंध्यारो, तिरस्कार तथा विरोधको प्रतीक हो । तसर्थ रंगको छनौट गर्दा हाम्रो स्वभाव अनुसार मात्रै नभई त्यसको अर्थ अनि महत्व अनुसार हुनु पर्छ । श्यामस्वेत सोच राखेर रंगीन जीवन बाँच्न सकिन्न । त्यसैले रंगको सही छनौट गर्न सके पनि हाम्रा केही मानसिक समस्याहरु स्वतः कम भएर जान्छन् । शिव पूजाको वास्तविक कारण पनि स्वयंलाई नैतिकवान, सम्यम् र स्वस्थ राख्नु हो । शिवलाई हिन्दुदेखि किराँतीसम्मले भगवान मानेका छन् । नेपालमै जन्मिएका शिव र वुद्ध हाम्रा धार्मिक आस्था र विश्वासका प्रतीक पनि हुन् । हिजोआज जीवनलाई रंगीन बनाउने अनेक उपाय र माध्यमहरु छन् । कोही फुटवल तथा क्रिकेट खेल हेरेर रमाइलो गर्छन् भने कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर पार्टी गरेर अनि मेला, जात्रा गएर जीवनलाई रंगीन बनाउँछन् भने कोही मायाप्रिती गाँसेर जीवनमा रंग छर्र्ने कार्य गरिरहेका छन् । जीवनमा रंग नभएमा दुश्चिन्तता र डिप्रेसन जस्ता मनोवैज्ञानिक समस्या आउँछ । त्यसैले हरियो साउनको महिमा व्यापक छ ।
साउनको महिमा (सागर गुरागाईं)
साउन महिनामा अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिन रुचाउँछन उनीहरुको नाडीमा हरिया, पहेँला चुरा, पालिस र हातमा मेहदी देखिन्छन । पछिल्लो समय मेहदी र हरियो, पहेँलो चुरा, पालिस लगाउनेको क्रेज बढेको भक्तपुरमा कस्मेटिक सामानको व्यवसाय गर्दै आएकी विनिता श्रेष्ठले बताइन यो साउनमा मेरो पसलमा धेरैजसो हरियो चुरा, मेहदी र पालिस किन्ने धेरै आएका छन्, उनले भनिन । हरियो चुराबारे समाजमा धेरैखाले मान्यता रहिआएको पाइन्छ कतिपयले देखासिकीको भरमा, कतिपयले फेसनेबल बन्न त केहीले आ आफ्नै बुझाइका आधारमा लगाउने गरेको पाइएको छ । साउनमा हरियो लगाउने र सोमबार व्रत बस्ने चलन छ । युवतीहरु हरियो र»का कुर्था सुरुवाल, साडीमा सजिन रुचाउँछन । यस महिना मेहदीप्रति पनि युवतीहरुको लगाव विशेष रहने गरेको ब्युटिसियन सरिता भारतीले बताइन । हातखुट्टामा मेहदी सधैं नै लगाउन सकिन्छ र लगाइन्छ पनि । साउनमा यसको महत्त्व अझै बढेर जान्छ । अन्य समय मेहदी नलगाउनेले पनि यस महिना लगाउने गर्छन्, उनले भनिन, साउनमा अत्यधिक वर्षा हुने गर्दछ । यो मौसममा खेतीमा काम गर्नुपर्ने हुन्छ । यसरी खेतमा काम गर्दा वर्षाको पानी तथा हिलोले हातखुट्टा खाने, चिलाउने, घाउ हुने गर्दछ । मेहदी आफैंमा कीटाणु प्रतिरोधात्मक (एन्टिब्याक्टेरियल) वनस्पति हो त्यसैले परापूर्व कालदेखि नै विभिन्न वनस्पति थिचेर तथा पिसेर त्यसको लेपलाई छालामा लगाइन्थ्यो र विभिन्न ब्याक्टेरिया तथा दूषित वातावरणबाट छालालाई जोगाइन्थ्यो । उनले थपिन, साउन महिनामा मेहदी लगाउनुको धार्मिक कारण पनि त्याितकै महत्वपूर्ण छ । मेहदी आफैँमा पवित्र र» हो साउन धार्मिक दृष्टिकोणले पवित्र, महिना हो । यो भगवान शिवको आराधना गर्ने महिना हो । साउनमा हातखुट्टामा मेहदी लगाउँदा पूजाका लागि नारीहरु पवित्र हुन्छन भन्ने मान्यता रहेको छ ।
