विपद्को पूर्वतयारीमा सरकार गम्भीर भएन: उद्धार र राहतमा तीव्रता दिन माग


साउन १, २०८३, शुक्रबार | विहान १०:५१ बजे | 45


विपद्को पूर्वतयारीमा सरकार गम्भीर भएन: उद्धार र राहतमा तीव्रता दिन माग

​काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य विद्वान गुरुङले अविरल वर्षाका कारण सिर्जित विषम परिस्थितिमा नागरिकको सुरक्षा र राहतका लागि सरकारलाई थप गम्भीर बन्न ध्यानाकर्षण गराउनुभएको छ। ​देशभर बाढी, पहिरो र सडक अवरुद्धका खबरहरू सार्वजनिक भइरहँदा समेत प्राकृतिक विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकारी कार्यशैली फितलो देखिएको भन्दै उहाँले कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। ​सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण महासमिति सदस्य गुरुङले नागरिकको जीवन रक्षा राज्यको प्राथमिक दायित्व भएको बताउँदै भन्नुभयो, 'अविरल वर्षाले निम्त्याउन सक्ने जोखिम न्यूनीकरण र उद्धारका लागि सरकारी संयन्त्रहरू अझै चुस्त र प्रभावकारी हुनुपर्छ। विपद् व्यवस्थापनमा सरकारको फितलो कार्यशैलीले नागरिकको सुरक्षामा चुनौती थपिएको छ, तसर्थ तत्काल तयारीलाई तीव्रता दिन म सरकारको जोडदार ध्यानाकर्षण गराउँछु।' ​सडक र मौसमबारे सचेत रहन आग्रह सरकारी निकायको ध्यानाकर्षण गराउने क्रममा उहाँले आम नागरिकलाई पनि उत्तिकै सतर्क रहन अपिल गर्नुभएको छ। नदी तथा खोलाहरूमा बहाव बढेको र राजमार्गका विभिन्न खण्डहरू अवरुद्ध भएकाले यस्तो समयमा यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ। ​'यात्रामा निस्कनुअघि सम्बन्धित सडक खण्डको पछिल्लो अवस्था र मौसमबारे पूर्ण जानकारी लिएर मात्र निस्कन म सबैमा हार्दिक अपिल गर्दछु,' गुरुङले भन्नुभयो। ​अन्तमा, विपद्को यस कठिन घडीमा सुरक्षित रहन र उच्च सतर्कता अपनाउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ।

Comments