विश्वकपको विजेता अनुमान गर्नुस्, पुरस्कार पाउनुस्


साउन १, २०८३, शुक्रबार | दिउँसो ०३:५९ बजे | 60


विश्वकपको विजेता अनुमान गर्नुस्, पुरस्कार पाउनुस्

स्पेन–अर्जेन्टिना खेलको नतिजा अनुमान गर्न बेकोजु फार्मेसीको ‘Predict & Win’ अभियान

भक्तपुर, साउन — सूर्यविनायकस्थित बेकोजु फार्मेसीले स्पेन र अर्जेन्टिनाबीच हुने मैत्रीपूर्ण फुटबल खेललाई लक्षित गर्दै ‘Predict & Win’ अभियान सार्वजनिक गरेको छ।

फार्मेसीका अनुसार आगामी जुलाई २०, २०२६ मा नेपाली समयअनुसार राति १२:४५ बजे हुने स्पेन र अर्जेन्टिनाबीचको खेलको विजेता सही अनुमान गर्ने सहभागीहरूमध्ये १० जना भाग्यशाली विजेतालाई निःशुल्क स्वास्थ्य परीक्षण (Free Health Check-Up) प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले खेलको नतिजा कमेन्टमार्फत अनुमान गर्नुपर्ने, पाँच जना साथीलाई ट्याग गर्नुपर्ने तथा उक्त पोस्ट आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी, डिज्नी ग्राहकहरूका लागि विशेष अफर अन्तर्गत निःशुल्क रक्तचिनी (Blood Sugar) तथा रक्तचाप (Blood Pressure) परीक्षण सेवा पनि उपलब्ध गराइने फार्मेसीले जनाएको छ।

अभियानबारे थप जानकारीका लागि इच्छुकहरूले सूर्यविनायक, भक्तपुरस्थित बेकोजु फार्मेसीमा सम्पर्क गर्न वा ९८४३९०६४०८ नम्बरमा फोन गर्न सक्नेछन्। साथै bekojupharmacy@gmail.com मार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ।

Comments