निशुल्क स्वास्थ शिविर सम्पन्न


असार २८, २०८३, आइतबार | राति ०८:३२ बजे | 55


निशुल्क स्वास्थ शिविर सम्पन्न

भक्तपुर, असार । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन नेपालको आयोजनामा शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म इताछेस्थित फाउन्डेसनको प्राङ्गणमा आयोजित स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

शिविरमा दन्त परीक्षण, रक्तचाप, डायबिटिज परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको फाउन्डेसनका सस्थापक राजेश हाडाले जानकारी दिनुभयो । समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो भने म्याग्नस फर्मा, क्वेस्ट फर्मास्युटिकलस तथा नेसन हेल्थ केयर प्रा.ली. ले निःशुल्क औषधि उपलब्ध गराएको हाडाले बताउनुभयो । फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । उहाँको सक्रिय सहभागिता र समर्पित सेवाले शिविरलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको फाउन्डेसनले जनाएको छ । त्यसैगरी फाउन्डेसनका सदस्य अवद्वराज ज्ञवालीले औषधिको व्यवस्थापन तथा उपलब्ध गराउने कार्यमा विशेष सहयोग गर्नुभएको थियो । नर्सिङ सेवामा वरिष्ठ नर्स निभा पालिखेल र शुभद्रा प्रधानले निरन्तर सेवा प्रदान गर्नुभएको थियो । शिविर सफल बनाउन समाज डेन्टल हस्पिटल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनका स्वयंसेवक र आजिवन सदस्यहरूको उल्लेखनीय योगदान रहेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितका स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

निशुल्क स्वास्थ शिविर सम्पन्न

Comments