कमलविनायक साकोसमा आगामी बजेट तथा वार्षिक कार्ययोजना सम्बन्धी छलफल


असार २८, २०८३, आइतबार | विहान ०९:०७ बजे | 115


कमलविनायक साकोसमा आगामी बजेट तथा वार्षिक कार्ययोजना सम्बन्धी छलफल

भक्तपुर, असार २७।
कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित वार्षिक बजेट तथा वार्षिक कार्ययोजना सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम आज कमलविनायकमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका संस्थापक सदस्य, सल्लाहकार, लेखा समिति तथा उपसमितिका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का सञ्चालक समिति सदस्य राजकुमार लघु ले जिल्ला सङ्घ समुदायमा आधारित सहकारी संस्थाहरूको छाता संगठनका रूपमा आबद्ध संस्थाहरूका लागि आवश्यक तालिम, क्षमता अभिवृद्धि कार्यक्रम तथा नियामक निकायबाट जारी भएका सहकारी ऐन, नियम तथा अध्यादेश सम्बन्धी जानकारी अन्तरक्रिया कार्यक्रममार्फत प्रदान गर्दै आएको बताउनुभयो। साथै, सहकारी संस्थाको हितविपरीत हुने कानुनी व्यवस्थाको संशोधनका लागि जिल्ला सङ्घले निरन्तर बहस र पैरवी गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना र बजेट यथार्थपरक, व्यवहारिक तथा सदस्यमुखी हुनुपर्ने भन्दै महत्वपूर्ण सुझावसमेत दिनुभयो।

कार्यक्रममा सल्लाहकार बालमुकुन्द बासुकला, राजाराम तजले, संस्थापक सदस्य राधाकृष्ण अवाल, सानुकाजी माकजु तथा विष्णु सर ले वार्षिक बजेट र कार्ययोजना निर्माणका सम्बन्धमा आ–आफ्ना महत्वपूर्ण सुझाव प्रस्तुत गर्नुभयो।

संस्थाका अध्यक्ष सुनिल मगजु ले आगामी वर्ष संस्थालाई थप व्यवस्थित, प्रभावकारी र सदस्यकेन्द्रित बनाउन स्पष्ट नीति, कार्ययोजना तथा बजेट आवश्यक रहेको बताउँदै सोही उद्देश्यका साथ छलफल कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

संस्थाका सचिव लक्ष्मीप्रसाद चवाल ले विभिन्न समिति तथा उपसमितिबाट प्रस्तावित वार्षिक कार्यक्रमहरूको जानकारी गराउनुभयो भने कोषाध्यक्ष रमेश माक ले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागी महानुभावहरूले प्रस्तुत सुझावहरूलाई समेट्दै आगामी वार्षिक कार्ययोजना र बजेटलाई अन्तिम रूप दिने निर्णय गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

कमलविनायक साकोसमा आगामी बजेट तथा वार्षिक कार्ययोजना सम्बन्धी छलफल

Comments

ताजा खबर