४५ साहित्यिक कृतिकारको ४ नयाँ सङ्ग्रह
असार २८, २०८३, आइतबार | राति ०८:२८ बजे | 110
रामगोपाल आशुतोष
वरिष्ठ साहित्यकार अपर्णा प्रधानका ४ नयाँ कृति सार्वजनिक भएका छन् । नेपालभाषा, नेपाली र अङ्ग्रेजी विधाका नेपली साहित्यकारमध्ये सबैभन्दा सक्रिय नारी लेखक अपर्णा प्रधानका चार कृति आफ्नै निवासमा सार्वजनिक गरिएको हो । उहाँका एक साँस्कृतिक निबन्ध - झीगु नख:चख: व जात्रापर्व (हाम्रा चाडपर्व र जात्रापर्व), जि म्वाना च्वना (म बाँचिरहेछु) लघुकथासङ्ग्रह (नेपालीमा अनुवादसहित) र पराग (समालोचनासङ्ग्रह रामगोपाल आशुतोषको भाषासम्पादन) गरी चार कृति कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका भाइस चान्सलर एवम् वरिष्ठ समालोचक डा. पुष्प राजकर्णिकार, सभाध्यक्ष वरिष्ठ समालोचक पूर्ण ताम्राकार, वरिष्ठ लेखक ईश्वरीमैञा श्रेष्ठ र लेखक अपर्णा श्रेष्ठले संयुक्तरूपमा विमोचन गर्नुभयो ।
सोही कार्यक्रममा अतिथि डा. हिमलाल श्रेष्ठले म बाँचिरहेछु (जि म्वानाच्वना) का भाषा सम्पादक र कृतिसमीक्षकका हैसियतले कृतिमाथि छोटो टिप्पणीसहित शुभकामना मन्तव्य राख्नुभयो ! अर्का अतिथि मिसा मुना पुचका अध्यक्ष विमलप्रभा ताम्राकारले प्रतिकूल स्वास्थ्यका बावजुद लेखकले लेखनमाथि देखाउनुभएको स्मर्पण, लगन र निरन्तर साधनाले नेपाली नारी हर्षगौरवान्वित भएको बताउँदै उहाँको सुस्वास्थ्य र दिर्घसाधनाको कामना गर्नुभयो । प्रमुख अतिथि डा. पुष्प राजकर्णिकारले लेखक प्रधानका ४५ प्रकाशित कृतिले नेपली साहित्यमा सर्वाधिक सक्रिय र कृतिगत गुणको चर्चा गर्नुभयो । उहाँले स्वास्थ्य प्रतिकूल भएपनि मस्तिष्क र हात सक्रिय रहेको बताउँदै भाषा र पहिचानप्रतिको प्रेम र समर्पणले नेपली र नेपलभाषासाहित्य अनुगृहित भएको बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष पूर्ण ताम्राकारले लेखक प्रधानका आज प्रकाशित चार कृतिका भाषिक र कृतिगत विशेषताका बारेमा समीक्षा गर्नुभयो । साथै स्वनिर्मित व्यक्तित्वका रूपमा लेखको प्रशंसा गर्दै उहाँले अर्पणा प्रधान निकै सङ्घर्ष र साधनाले आजको जगमा उभिनुभएको बताउनुभयो । उहाँले कृतिगतरूपमा राज्यको विभिन्न ओहदामा बसेका लेखकले पनि आर्थिक भारका कारण वा अन्य कारणले केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, सिद्धिदास अमात्यलगायतले स्रष्टाले पुस्तक प्रकाशन गर्न नसकेको/नचाहेको प्रसङ्ग कोट्याउँदै लेखक अपर्णाले निबन्ध, प्रबन्ध, कृतिसमालोचना, कात्मकथा, लघुकथासङ्ग्रह आदि गरी ४५ कृतिले नेपाली र नेपालभाषाको वाङ्मय समानित बनेको बताउनुभयो । पिकाक प्रकाशनद्वारा प्रकाशित कृतिको विमोचन कार्यक्रममा प्रकाशकका तर्फबाट विमल ताम्राकारले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने विष्णु ताम्राकारले कार्यक्रम सय्न्चालन गर्नुभएको थियो । लेखक अपर्णाका १ प्रवन्ध, ८ कथा र लघुकथा, ८ निबन्ध, २ आत्मवृतान्त, ९ उपन्यास, ९ समालोचना, ५ अनुदितकृति र २ अङ्ग्रेजी भाषा गरी ४५ कृति प्रकाशित छन् ।
फाेटाेमा हेर्नुहाेस्...
