यसरी वितेको रहेछ खरिपाटीमा गृहमन्त्रीको दुई घण्टा
असार २८, २०८३, आइतबार | साँझ ०५:१७ बजे | 95
खरिपाटी । गृहमन्त्री सुदन गुरुगसहित उच्च सरकारी टोलीले आइतबार होल्डिङ सेन्टरको निरीक्षण गरेको छ । गृहमन्त्रीसहितको टोली त्यहाँ झण्डै दुई घण्टा बसेको थियो । विहान ११ बजेर पाँंच मिनेटमा गेट पसेको टोली १२ बजेर ५० मिनेटमा निस्केको थियो । गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरू खरिपाटी होल्डिङ सेन्टर पुगेका थिए । टोलीले सेन्टरको व्यवस्थापन, पूर्वाधार, सेवा–सुविधा तथा त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ । तर,समाचार संकलनका लागि यहाँ पुगेका पत्रकारलाई मुख्य प्रवेशद्वारबाटै रोकिएको थियो ।
गृहमन्त्री होल्डिंग सेन्टर आएको खवरपछि भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितसहित उनको तीन सदस्यीय सचिवालय टोली एउटै गाडीमा भित्र पसेको थियो । गृहमन्त्री पुगेको झण्डै पौने घण्टा अर्थात् ४५ मिनेट पछि सांसद रञ्जितको सेन्टर पुगेका थिए । यसअघि प्रमुख जिल्ला अधिकारी, एसपीलगायतका उच्च सुरक्षाकर्मीको टोली भने सेन्टरमै थियो ।
११ बजेर पाँंच मिनेटमा होल्डिग सेन्टर पुगेको टोली १२ बजेर ५० मिनेटमा बाहिरिएको थियो । बाहिरने क्रममा पनि गृहमन्त्रीसहितको टोलीका कसैले पनि पत्रकारसँंग कुराकानी गरेनन् । मेन गेटबाट सिधै बाहिरिए ।
फाेटाेमा हेर्नुहाेस्...
