भक्तपुरको पर्यटन प्रवर्द्धनका लागि ‘बाटो एप’ र भक्तपुर पर्यटन विकास समितिबीच डिजिटल म्यापिङ सम्झौता

असार २७, २०८३, शनिबार | राति ०८:४९ बजे | 265

भक्तपुरको पर्यटन प्रवर्द्धनका लागि ‘बाटो एप’ र भक्तपुर पर्यटन विकास समितिबीच डिजिटल म्यापिङ सम्झौता

भक्तपुरका ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरूलाई प्रविधिमैत्री बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भक्तपुर पर्यटन विकास समिति र चर्चित डिजिटल नेभिगेसन प्लेटफर्म ‘बाटो एप’ (Bato App) बीच एक आधिकारिक सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअनुसार भक्तपुरभित्रका हरेक सडक, गल्ली र पर्यटकीय गन्तव्यहरूलाई डिजिटल म्यापिङ (Digital Mapping) मार्फत एपमा समावेश गरिनेछ। यस प्रविधिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई भक्तपुरका सम्पदा, कलासंस्कृति,  र स्थानीय बजारसम्म सहज र सुरक्षित रूपमा पुग्न डिजिटल मार्गनिर्देशन (Navigation) प्रदान गर्नेछ। पर्यटकहरूले भक्तपुरका साँघुरा र ऐतिहासिक गल्लीहरूमा पनि नअल्मलिएर मार्ग पत्ता लगाउन सक्नेछन् भने विश्वभरका पर्यटकहरूका लागि डिजिटल प्रविधिको माध्यमबाट भक्तपुरको पर्यटन क्षेत्रलाई थप पहुँचयोग्य बनाइनेछ। भक्तपुरको रैथाने पहिचान र आधुनिक प्रविधिलाई जोड्ने यो साझेदारीले यहाँको पर्यटन व्यवसायमा नयाँ आयाम थप्ने विश्वास दुवै संस्थाले लिएका छन्।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको पर्यटन प्रवर्द्धनका लागि ‘बाटो एप’ र भक्तपुर पर्यटन विकास समितिबीच डिजिटल म्यापिङ सम्झौता

Comments

ताजा खबर