भक्तपुर नगरपालिका–८ निवासी २३ वर्षीय अबिजित र सूर्यविनायक नगरपालिका–६, दार्जिलिङ हाइट्स निवासी २४ वर्षीय समीर पक्राउ


असार २७, २०८३, शनिबार | विहान ११:४२ बजे | 330


भक्तपुर नगरपालिका–८ निवासी २३ वर्षीय अबिजित र सूर्यविनायक नगरपालिका–६, दार्जिलिङ हाइट्स निवासी २४ वर्षीय समीर पक्राउ

भक्तपुरमा ट्रामाडोलसहित दुई युवा पक्राउ

भक्तपुर, असार — भक्तपुर नगरपालिकाको वडा नं. ५ स्थित खसिबजार जाने बाटोबाट प्रहरीले लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार अपराह्न ४:३५ बजे सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ निवासी २३ वर्षीय अबिजित तोयाना र सूर्यविनायक नगरपालिका–६, दार्जिलिङ हाइट्स निवासी २४ वर्षीय समीर मुनाकर्मी रहेका छन्।

उनीहरूको साथबाट ट्रामाडोल २८ फाइल (२८० क्याप्सुल), बागमती प्रदेश ०२–०४७ प ३९०५ नम्बरको स्कुटर, दुई थान मोबाइल फोन तथा नगद ८ हजार ९६० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण सुरक्षा बेस ब्यासीबाट सशस्त्र प्रहरी निरीक्षक पूजा बिष्टको कमाण्डमा खटिएको टोली समेत परिचालन गरिएको थियो।

पक्राउ परेका दुवै जना, बरामद लागुऔषध तथा अन्य सामग्री आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त जगातीलाई बुझाइएको प्रहरीले जनाएको छ।

Comments