नेक भर्नाबारे बुझ्ने मन छ ? एभरेष्ट होटल जानुस्
असार २७, २०८३, शनिबार | राति ०७:०१ बजे | 80
नेपाल इन्जिनियरिङ कलेजको स्टलमा विद्यार्थीको आकर्षण, भर्ना परामर्श जारी
काठमाडौं, असार २७ । नेपाल इन्जिनियरिङ कलेज (NEC) ले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा सञ्चालन भइरहेको १२औँ नेपाल हायर एजुकेसन फेयर–२०२६ मा आफ्नो आकर्षक स्टलमार्फत विद्यार्थीलाई बी.ई. (Bachelor of Engineering) र बी.आर्क. (Bachelor of Architecture) कार्यक्रमसम्बन्धी परामर्श प्रदान गरिरहेको छ। यो मेला असार २७ र २८ (११–१२ जुलाई २०२६) सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रदर्शनीमा नेपाल इन्जिनियरिङ कलेजको स्टलमा कक्षा १२ उत्तीर्ण तथा इन्जिनियरिङ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। कलेजका प्राध्यापक तथा परामर्शदाताहरूले प्रवेश प्रक्रिया, उपलब्ध शैक्षिक कार्यक्रम, छात्रवृत्ति, प्रयोगशाला, अन्तर्राष्ट्रिय सहकार्य, विद्यार्थी आदान–प्रदान कार्यक्रम तथा भविष्यका करियर अवसरबारे जानकारी दिइरहेका छन्।
कलेजका अनुसार इच्छुक विद्यार्थी तथा अभिभावकले प्रदर्शनी अवधिभर परामर्श डेस्कमा पुगेर बी.ई. तथा बी.आर्क. कार्यक्रमसम्बन्धी आवश्यक जानकारी लिन, प्रवेश प्रक्रिया बुझ्न तथा शैक्षिक परामर्श प्राप्त गर्न सक्नेछन्।
नेपाल इन्जिनियरिङ कलेजले गुणस्तरीय प्राविधिक शिक्षा, अनुभवी प्राध्यापक, आधुनिक प्रयोगशाला, पुस्तकालय तथा उद्योगमैत्री पाठ्यक्रममार्फत दक्ष इन्जिनियर उत्पादन गर्दै आएको जनाएको छ।
प्रदर्शनीमा देशभरका विभिन्न उच्च शिक्षालयहरूको सहभागिता रहेको छ भने विद्यार्थीलाई आफ्नो रुचि र भविष्यको करियरअनुसार उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहज वातावरण प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
