जगतगुरु रामपालजी महाराजको उपस्थितिमा ६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसको भव्य आयोजना


असार १०, २०८३, बुधबार | विहान १०:५७ बजे | 50


जगतगुरु रामपालजी महाराजको उपस्थितिमा ६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसको भव्य आयोजना

भक्तपुर – केही दिनपछि नै परमेश्वर कबीर साहेबको ६२९औँ प्रकट दिवसको अवसरमा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको पावन सान्निध्यमा विशाल आध्यात्मिक महासमागमको आयोजना हुँदैछ। यो तीन दिने कार्यक्रम २७, २८ र २९ जुन २०२६ (आषाढ १३ देखि १५ गतेसम्म) नेपालसहित भारतका विभिन्न सतलोक आश्रमहरूमा भव्य रूपमा मनाइने छ। 

परमेश्वर कबीर साहेब काशीको लहरतारा तलाउमा कमलको फूलमा सशरीर प्रकट भएको दिवसलाई सम्झेर यो उत्सव मनाइन्छ। सन्त रामपालजी महाराजका एवं प्राप्त प्रमाणहरूका अनुसार कबीर साहेब जी को आमाको गर्भबाट जन्म नभई सशरीर प्रकट भएका परमात्मा हुन्, जसले सत्य भक्ति, मानवता, शान्ति र वेद-गीता अनुसारको तत्वज्ञानको प्रचार गर्नुभयो।
कार्यक्रमका मुख्य विशेषताहरू:अखण्ड पाठ: सन्त गरीबदासजी महाराजको अमृतवाणीको निरन्तर पाठ।
सत्सङ्ग र प्रवचन: जगतगुरु सन्त रामपालजी महाराजबाट आध्यात्मिक प्रवचन र तत्वज्ञानको विस्तृत व्याख्या।
विशाल भण्डारा: निःशुल्क भोजनको व्यवस्था, जसमा हजारौँ श्रद्धालुहरूले सहभागी हुने छन्।
सामाजिक सुधार कार्यक्रमहरू:रक्तदान शिविर
निःशुल्क नाम दीक्षा
दाईजोरहित विवाह
चिकित्सा शिविर र अन्य जागरण कार्यक्रमहरू
आध्यात्मिक प्रदर्शनी: कबीर साहेबको शिक्षासँग सम्बन्धित प्रदर्शनी।

यो महासमागम नेपालका सतलोक आश्रमहरूमा पनि आयोजना हुनेछ। सन्त रामपालजी महाराजको मार्गदर्शनमा यो कार्यक्रमले जाति-धर्मको भेदभाव मेटाएर मानवता, एकता र सच्चा भक्तिको सन्देश फैलाउने लक्ष्य राखेको छ।
“जीव हाम्रो जाति हो, मानव धर्म हाम्रो” – कबीर साहेबको यो सन्देशलाई आत्मसात् गर्दै कार्यक्रमले सबैलाई आमन्त्रित गरेको छ। परिवारसहित सहभागी भएर यो पावन अवसरको लाभ लिन आयोजक पूर्ण ब्रह्म कबिर उपासक समाज नेपालले आह्वान गरेका छन्।
यो कार्यक्रम सतलोक आश्रमहरूमा केन्द्रित भए पनि यसको सन्देश संसारभर फैलिने अपेक्षा गरिएको छ। थप जानकारीको लागि नजिकको सतलोक आश्रम वा आधिकारिक स्रोतहरूमा सम्पर्क गर्न सकिने बताइएको छ।

फाेटाेमा हेर्नुहाेस्...

जगतगुरु रामपालजी महाराजको उपस्थितिमा ६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसको भव्य आयोजना

Comments