नगरकोट मोडमा चक्कु प्रहार, एक युवकको मृत्यु, तीन जना पक्राउ


असार ९, २०८३, मङ्गलबार | साँझ ०६:१५ बजे | 90


नगरकोट मोडमा चक्कु प्रहार, एक युवकको मृत्यु, तीन जना पक्राउ

नगरकोट मोडमा चक्कु प्रहार, एक युवकको मृत्यु, तीन जना पक्राउ

भक्तपुर, असार ९ — भक्तपुरको नगरकोट मोड क्षेत्रमा सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असार ८ गते राति करिब १० बजे नगरकोट मोडमा सामान्य विवादपछि झगडा हुँदा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरिएको थियो। गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी रुरुक्षेत्र गाउँपालिका घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

Comments