असार ६ र ७ गते HERITAGE MARKET –CULTURAL KITCHEN हुने
असार ४, २०८३, बिहीबार | राति १०:३३ बजे | 70
भक्तपुर घरेलुतथा साना उद्योग संघको आयोजना तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्य र गोलोकलको संयोजनमा २०८३ असार ६ र ७ गतेभक्तपुर नगरपालिका वडा नं २ नःपुखु परिसरमा सिठि नखा पर्वको उपलक्ष्यमा HERITAGE MARKET – CULTURAL KITCHEN मेला हुने भएको छ । विगत देखि नै भक्तपुरका मौलिक तथा परम्परागत उद्योगबाटउत्पादित बस्तु तथा सेवालाई प्रवर्ध्दन गर्ने उद्देश्य मेला आयोजना गर्दै आईरहेकोभक्तपुर घरेलु तथा साना उद्योग संघको यो मेला १५ औ संस्करण हुने आयोजक संस्थाकाअध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनु भयो । भक्तपुर घरेलु तथा साना उद्योग संघ रभक्तपुर पर्यटन विकास समितिले अभियानको रुपमा संचालन गर्दै आईरहेको गो लोकलअभियानले संयोजन गर्ने यस मेलामा भक्तपुरका मौलिक उत्पादनहरु जु जु धौ ,भादगाउँले टोपी ,काष्ठकला ,हस्तकला, नेवारी कपडा, ताईचिन बजी, नर्सरी ,अचार, पाउँ ,नेपाली कपडा लगायत विभिन्नउपहारका सामाग्रीहरुको स्टल रहने छन् भने नेवारी खाजा ,योमरी ,च्याउका प्रकारहरुको खाजा स्टल गरि४० वटा स्टल रहने छन् भने मेला विहान १० बजे देखि बेलुकी ७ बजे सम्म संचालन हुने मेलाकोउदघाट्न भक्तपुर नगरपालिकाका नगरप्रमुख श्री सुनिल प्रजापतिको हस्तबाहुलिबाट हुने मेला
व्यवस्थपान समितिका संयोजक हरिगोपाल त्वायनाले जानकारी गराउनु भयो ।त्यसैगरी मेलामा स्टल सजावट ,व्यापार ,व्यवशाय लगायत विभिन्न बिषयलाईमूल्यांकन गरी दुईवटा स्टललाई उत्कृष्ट स्टलको रुपमा सम्मान गरिने मूल्याकनसमितिका संयोजक सोम तामाङ्गले जानकारी गराउनु भयो ।मेला अवलोकलन गरी सामान खरिदगरी उद्यमी व्यवशायीलाई हौसला प्रदान गरिदिन हुन आयोजकले सवैमा अनुरोध गरेका छन्भने प्रवेश निःशुल्क गरिएको छ ।
